कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य

 असोज २७, २०७७ मंगलबार १२:०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ बिदामा कतारबाट घर आउनुभएको छ र कतार पुनः फर्कंन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अब तपाईँको रोजगारदाताले चाहेमा तपाईँलाई कतार पुनः रोजगारीमा बोलाउन सक्नेछन् । 

कतार सरकारले ल्याएको नयाँ नियम अनुसार अब रोजगारदाताले कतार पोर्टलमा आवेदन गरी तपाईँको कतार प्रवेशका लागि अनुमति लिन सक्नेछन् । 

यदी रोजगारदाताले कतार पोर्टलमार्फत तपाईँलाई प्रवेशको अनुमति लिइदिएमा तपाईँ कतार जान पाउनुहुनेछ । 

तर रोजगारदाताले प्रवेशको अनुमति नलिएमा तपाईँले पुनः श्रम स्वीकृति लिंदैमा कतार प्रवेश गर्न पाइनेछैन् । नयाँ रोजगारीमा श्रमिक लैजाने सम्बन्धमा कतारले केही भनेको छैन ।

काेरोना महामारी सुरु भएपछि कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमा रोक लगाएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया