अमेरिकामा एक व्यक्तिलाई दोस्रो पटक कोरोना सङ्क्रमण

 असोज २७, २०७७ मंगलबार १७:३८:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा एक व्यक्तिलाई दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएकाे छ । पहिलो पटककाे सङ्क्रमणबाट निको भएका व्यक्तिमा फेरि सङ्क्रमण देखिएको बीबीसीले जनाएको छ  ।

दोस्रो पटकको सङ्क्रमण पहिलोभन्दा धेरै खतरनाक हुने डाक्टरहरुले बताएका छन् । २५ वर्षीय ती व्यक्तिको फोक्सोले शरीरलाई चाहिने जति अक्सिजन प्राप्त गर्न नसकेपछि अस्पताल भर्ना गरेर उपचार थालिएको थियो । उनी अहिले निको भइसकेका खबरमा उल्लेख छ ।

डाक्टरहरुका अनुसार कोरोना भाइरस फेरि दोहोरिने सम्भावना निकै कम हुने मानिन्छ । वैज्ञानिकहरुले ती व्यक्तिमा पुरानो सङ्क्रमण लुकेर पनि फेरि देखा परेको नभइ दुई पटक नै सङ्क्रमण भएको बताएका छन् । ती व्यक्तिको फरक–फरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवांशिक संरचनामा भिन्नता आएको पाइएको वैज्ञानिकले बताएका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया