जाेन्सन एण्ड जाेन्सन कम्पनीले काेराेना खाेपकाे परीक्षण राेक्याे

 असोज २७, २०७७ मंगलबार १९:६:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी बहुराष्ट्रिय औषधि कम्पनी जोन्सन एण्ड जोन्सनले कोरोना भाइरसको एक सम्भावित खोपको परीक्षण अस्थायी रुपमा रोकेको जनाएको छ । 

खोपको परीक्षणमा भाग लिएका एक व्यक्ति बिरामी परेपछि तत्कालका लागि परीक्षणमा रोक लगाइएको कम्पनीले जनाएको छ । 

कम्पनीले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘यस बिमारीको बारेमा अहिलेसम्म पत्ता लागेको छैन तर एक स्वतन्त्र सुरक्षा समिति र कम्पनीका डाक्टरले बिरामीको निगरानी गरिरहेका छन् ।’

यस परीक्षणमा ६० हजार मानिस सहभागी हुन सक्ने बताइँदै आएको थियो । यसका लागि अनलाइनमार्फत आवेदन दिएर सहभागी हुन सकिन्थ्यो । अहिले यसमा रोक लगाइएको छ । 

जोन्सन एण्ड जोन्सनले ठूला परीक्षणमा यस्तो रोकावट आउने बताएको छ । 

यसअघि गएको हप्ता अर्काे एक कम्पनी एस्ट्रेजेनेकाले पनि बेलायतमा एक व्यक्ति बिरामी परेपछि आफ्नो परीक्षण रोकेको थियो । त्यसको केही दिनको जाँचपछि कम्पनीले आफ्नो परीक्षण फेरि सुरु गरेको थियो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया