बिहीबार नेप्से समान्य बढ्यो

 असोज २९, २०७७ बिहिबार १७:३२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बिहीबार सामान्य बढेको छ । नेप्से एक दशमलव २९ अङ्कले बढेर १५ सय ६२ दशमलव ४६ अङ्कमा पुगेको छ । 

बिहीबार बैंक, जलविद्युत्, सामूहिक लगानी कोष, व्यापार र अन्य समूहको शेयर सामान्य बढे पनि अरु समूहको शेयर ओरालो लागेको छ । उत्पादन समूहको शेयर २९ अङ्कले, निर्जीवन बीमा समूहको २४,  जीवन बीमा समूहको १६ र होटल समूहको शेयर १५ अङ्कले घटेको छ । 

बिहीबार एक अर्ब ४२ करोड ५८ लाख रुपैयाँ बराबरका ४९ लाख ९४ हजार कित्ता शेयर किनबेच भए । सबैभन्दा धरै नेपाल पुनर्बीमा कम्पनीको सात करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । 

बिहीबार नेपाल फाइनान्स र जनरल इन्स्योरेन्स कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । तर गुराँस लघुवित्त वित्तीय संस्था र आँखुखोला जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया