वायु सेवा निगम र पर्यटन बोर्डबीच सहकार्य

 कात्तिक २, २०७७ आइतबार १८:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगम र नेपाल पर्यटन बोर्डबीच नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धमा सहकार्य गर्ने गरी सम्झौता भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र नेपाल पर्यटन बोर्डबीच भएको यस सम्झौताले कोरोनाको महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रबर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

नेपाल वायु सेवा निगमले विगतदेखि नै नेपालमा विदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा बोर्डसँग सहकार्यले अझ थप हौसला प्रदान गरेको जनाएको छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया