विश्वभर काेराेना सङ्क्रमितकाे सङ्ख्या ४ कराेड नाघ्याे

 कात्तिक २, २०७७ आइतबार १८:२:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या चार करोड नाघेको छ । विश्वका दुई सय १५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २३ हजारभन्दा धेरै सङ्क्रमित भएको वर्ल्डाेमिटरले जनाएको छ ।

यस्तै सङ्क्रमितमध्ये ११ लाख १५ हजार छ सयभन्दा धेरैको ज्यान गएको छ भने दुई करोड ९९ लाख ३४ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

विश्वमा अहिले ८९ लाख ७२ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८३ लाख ४३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा दुई लाख २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै सबैभन्दा प्रभावितकाे दाेस्राे स्थानमा रहेकाे भारतमा ७४ लाख ९४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख १४ हजारभन्दा धेरैको ज्यान गएको छ । 

केही दिनयता नेपालमा पनि काेराेना सङ्क्रमणकाे दर बढिरहेकाे छ । आइतबार दुई हजार नाै सय ४२ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेकाे छ । तीमध्ये ९२ हजार एक सय ६६ जना सङ्क्रमणमुक्त हुँदा सात सय ३९ जनाकाे ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया