भिसाको म्याद सकिएकाहरु ओमान फर्कन नपाउने

 कात्तिक ३, २०७७ सोमबार १४:६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भिसाको म्याद सकिएकाहरु ओमान फर्कन नपाउने भएका छन् ।

ओमानको कोभिड १९ महामारीको उच्च समितिमा बोल्दै त्यहाँका ब्रिगेडियर सैद अल अस्मीले कामदार भिसाको म्याद सकिएका प्रवासी श्रमिकलाई ओमान फर्किन नदिने बताउनुभएकोे गल्फ न्युजले लेखेको छ ।

ओमानमा अहिले भिसा जारी गर्ने काम रोकिएको भए पनि वैध आवासीय भिसा भएकाहरुलाई भने प्रवेश खुल्ला गरिएको अल अस्मीले बताउनुभएको छ । यस्तै अल अस्मीले सबै नागरिकलाई सर्वोच्च समितिको निर्णयको पालना गर्न सहयोग र प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभएको छ ।

आन्दोलन प्रतिबन्धको उल्लङ्घन गरेका र मास्क नलगाएका व्यक्तिहरुको रेकर्ड आफूसँग भएको भन्दै अल अस्मीले तिनीहरुलाई सार्वजनिक मुद्दा चलाउनुअघि जरिबाना तिराउने बताउनुभएको छ । यस्तै प्रतिबन्ध उल्लङ्घन गर्नेहरुको फोटो र नाम सार्वजनिक गरिने पनि उहाँले बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया