नेप्से १३ दशमलव २२ अङ्कले बढ्याे, १ अर्ब २७ कराेड बढीकाे काराेबार

 कात्तिक ४, २०७७ मंगलबार १६:१५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजारमा काराेबार मापक नेप्से परिसूचक मङ्गलबार १३ दशमलव २२ अङ्कले बढेको छ । मङ्गलबार परिसूचक बढेर १५ सय ८१ दशमलव ६० अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

मङ्गलबार कारोबार हुने सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनी समूहको उपसूचक ७८ दशमलव १२ अङ्कले बढेको छ । मङ्गलबार 'क' वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६५ अङ्कले बढेको छ ।

बजार सुधार भएको दिन मङ्गलबार एक अर्ब २७ करोड १८ लाख रुपैयाँ बराबरका ५० लाख २४ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै नाै करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

मङ्गलबार जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका शेयर लगानीकर्ताले झण्डै दुई प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया