नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोसमा अनिश्चितकालका लागि कर्फ्यु

 कात्तिक ५, २०७७ बुधबार १०:२०:५६ | एजेन्सी
unn.prixa.net

नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोसमा अनिश्चतकालका लागि कर्फ्यु लगाइएको छ ।

प्रहरी क्रुरताको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हानेको गोली लागेर झण्डै २० जनाको ज्यान गएको र ५० जना घाइते भएका प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको एम्नेष्टी इन्टरनेश्नलले आफूसँग ज्यान गुमाएकाहरुसँग जोडिएको प्रमाण रहेको दाबी गरेको छ । प्रशासनले गोलाबारीको यो घटनामा अनुसन्धान थालेको जनाएको छ । घटनापछि लागोससँगै अरु इलाकामा अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया