डोटीका शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा

 कात्तिक ५, २०७७ बुधबार ११:४६:१७ | विमल बिष्ट
unn.prixa.net

डाेटी – जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

मन्दिर तथा शक्तिपीठहरुमा पछिल्लो समय नागरिकहरुको भीड बढ्न थालेपछि कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । प्रशासनले शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेपछि अहिले मन्दिरहरुमा भक्तजनको खासै चहल–पहल नरहेको दिपायल सिलगढी नगरपालिका–३ का भरत द्धारीयाले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'कोरोनाले मान्छेमा त्यत्तिकै त्रास थियो, त्यसैमा प्रशासनले मन्दिर लगायतका सार्वजनिक ठाउँहरुलाई निषेधित क्षेत्र बनाएपछि खासै चहल पहल छैन् ।'

प्रशासनले जारी गरेको आदेशपछि सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण गतिविधिमा रोक लगाइएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया