भारतले पक्राउ परेका चिनियाँ सैनिक फिर्ता गर्‍याे

 कात्तिक ५, २०७७ बुधबार १३:२९:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतले लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई फिर्ता गरिदिएको छ । भारत–चीन सीमा पार गरेर भारततर्फ आएका चिनियाँ सैनिकलाई फिर्ता गरिएको भारतीय सेनाका अधिकारीहरुले बताएका छन् । 

भारतीय सेनाको तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा चिनियाँ सैनिकलाई सबै मेडिकल सुविधा र अक्सिजन पनि दिइएको बताइएको छ । ‘त्यसपछि ‘वर्तमान प्रोटोकल’ अनुसार चिनियाँ सैनिकलाई चीनसमक्ष सुम्पिएको हो’, विज्ञप्तिमा भनिएको छ । 

गएको सोमबार भारतले पूर्वी लद्दाखको डेमचोक क्षेत्रबाट सीमा पार गर्दै पिपुल्स लिबरेशन आर्मी (पीएलए) का एक सैनिक भारत आएको बताएको थियो । एक पशुपालकका याक खोज्नको लागि मद्दत गर्नै क्रममा चिनियाँ सैनिक वाङ या लोङ भारतर्फ आएका थिए । 

समाचार एजेन्सी एएफपीका अनुसार गएको बुधबार चिनियाँ सेनाले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘वाङ या लोङलाई बुधबार बिहानै चीनलाई बुझाइएको छ ।’ 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया