नेप्से दोहोरो अङ्कले बढ्यो

 कात्तिक ५, २०७७ बुधबार १७:२३:५९ | रासस
unn.prixa.net

काठमाण्डौ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से बुधबार १३ दशमलव ९४ बिन्दुले बढेर एक हजार ५९७ दशमलव ७१ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक ३ दशमलव १० ले वृद्धि भइ ३१६ दशमलव ६५ मा पुगेको छ । कुल १९२ कम्पनीका कुल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ रुपैयाँमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये बुधबार चार उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ । होटल १५ दशमलव शुन्य ३, जलविद्युत् १४ दशमलव शुन्य ९, वित्त शुन्य दशमलव ६, उत्पादन ६ दशमलव ३३ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २१ दशमलव ५५, व्यापार २३ दशमलव ४, विकास बैंक १० दशमलव शुन्य ४, निर्जीवन बीमा ६४ दशमलव २८, अन्य ३ दशमलव शुन्य ५, लघुवित्त ३ दशमलव ४१, जीवन बीमा ५७ दशमलव ९४ र सामूहिक लगानी कोष शुन्य  दशमलव १ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा छ । बैंकको २४ करोड २९ लाख ५७ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै कुमारी बैंक आठ करोड ३९ लाख ३० हजार ३४७, नेपाल बैंक सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर छ करोड ६३ लाख ६९ हजार, ग्लोबल आईएमई बैंक चार करोड ५३ लाख ३५ हजार ४७२ र एनएमबी बैंक चार करोड १० लाख १४ हजार ८७१ बराबरको कारोबार भइ शीर्षस्थानमा पुगेको छ ।

कारोबारका आधारमा  जनरल इन्स्योरेन्स कम्पनी ९ दशमलव ८४, नेपाल हाइड्रो डेभलपर ४ दशमलव ४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४ दशमलव ४०, एनआईसी एसिया बैंक ४ दशमलव १३, कुमारी बैंक ३ दशमलव ९४ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २ दशमलव ७४ प्रतिशतले कमाएका थिए । 

त्यस्तै नेपाल फाइनान्स कम्पनी ५ दशमलव ०५, खानीखोला हाइड्रोपावर ४ दशमलव ७२, आँखुखोला हाइड्रोपावर ४ दशमलव ७२, पञ्चकन्या माई हाइड्रोपावर ४ दशमलव ५२, नेशनल हाइड्रोपावर ४ दशमलव २४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव १२ प्रतिशतले गुमाए ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया