अफगानिस्तान : भिसा लिने लाइनमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गयो

 कात्तिक ५, २०७७ बुधबार १८:१४:११ | एजेन्सी
unn.prixa.net

अफगानिस्तान – अफगानिस्तानमा भिसाका लागि आवेदन दिन जम्मा भएका मानिसको भिडमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । 

अफगानिस्तानको पूर्वी नाङ्गरहार प्रान्तमा पाकिस्तान जानका लागि भिसा लिने क्रममा बुधबार एक स्टेडियममा जम्मा भएका अफगानी नागरिकको भिडमा भागदौड मच्चिँदा कम्तीमा ११ महिलासहित १५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 

गर्भनर अताउल्लाह खोग्यानीले भागदौडका क्रममा अन्य १३ जना घाइते भएका छन्, तीमध्ये धेरै महिला नै छन् । उहाँका अनुसार ज्यान गुमाउनेमा धेरै वृद्ध व्यक्ति थिए । 
बर्सेनि धेरै सङ्ख्यामा अफगानीहरु आफन्त भेट्न, उपचार गर्न, रोजगारी खोज्न र आफ्नो देशमा चलिरहेको द्वन्द्वबाट बच्न पाकिस्तान जाने गरेका छन् । 

‘दुर्भाग्यवश यो बिहान स्टेडियममा १० हजारभन्दा बढी मानिस उपस्थिति हुँदा अप्रिय घटना हुन पुग्यो’, गभर्नर अताउल्लाह खोग्यानीले समाचार संस्था एएफपीसँग भन्नुभयो । 

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सात महिनापछि पाकिस्तानले भिसा आवेदन खुला गरेको हो । 

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया