मोदीलाई अन्तर्राष्ट्रिय प्रेस संस्थाहरुको चिट्ठी, 'पत्रकारहरुविरुद्ध लगाइएको मुद्दा फिर्ता लिनुपर्छ'

 कात्तिक ६, २०७७ बिहिबार १६:२०:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दुई अन्तर्राष्ट्रिय प्रेस संस्था, द इन्टरनेशनल प्रेस इन्स्टिच्युट र इन्टरनेशनल फेडरेशन अफ जर्नलिस्ट्सले भारतीय प्रधानमन्त्रीलाई एक संयुक्त पत्र लेख्दै पत्रकारमाथिको उत्पीडन रोक्न तत्काल आवश्यक कदम उठाउन आग्रह गरेका छन् । 

दुवै संस्था सम्पादक, पत्रकार र मिडियामा काम गर्नेहरुको अन्तर्राष्ट्रियस्तरको संस्था हुन्, जसले आफ्नो पत्रमा लेखेका छन्, ‘प्रधानमन्त्री मोदी राज्य सरकारहरुलाई पत्रकारहरुविरुद्धको सबै मुद्दा फिर्ता लिन निर्देशन दिनुस् ।’

पछिल्लो केही महिनामा पत्रकारहरुले आफ्नो काम गरेको बदलामा आईपीसीको सेक्शन–१२४ए अनुसार राज्यद्रोहको मुद्दा लगाइएको र त्यसलाई फिर्ता लिनुपर्नै पत्रमा लेखिएको छ ।  

यस पत्रमा केरलका पत्रकार सिद्दकी कप्पनको गिरफ्तारीमाथि विशेष चिन्ता व्यक्त गरिएको छ, जो हाथरस प्रकरणको रिपोर्टिङ गरिरहेका थिए । 

पत्रकार अनुसार, कोरोना भाइरसको महामारी फैलिएपछि पत्रकारहरुविरुद्ध मुद्दा दर्ताको क्रम भारी रुपमा बढेको छ । 

यस पत्रमा एक रिपोर्टलाई उद्धृत गर्दै भनिएको छ, ‘२५ मार्चदेखि ३१ मेबीच महामारीको समाचार रिपोर्टिङ गर्ने ५५ जना पत्रकारलाई निसाना बनाइएको छ र विभिन्न राज्य सरकारहरुले उनीहरुमाथि मुद्दा दायर गरेका छन् ।’

यी दुई संस्थाले लेखेका छन्, ‘सरकारको प्रतिक्रियामा कमीलाई उजागर गर्नेहरुलाई चुप गराउन उनीहरुमाथि स्वास्थ्य सङ्कटको उपयोग भइरहेको छ । तर स्वतन्त्र मिडिया हुनु लोकतन्त्रमा आवश्यक छ ।’ 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया