वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल दम्पतीसहित, चालक र सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

 कात्तिक ६, २०७७ बिहिबार १९:१२:१७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । केही दिन अगाडिदेखि सामान्य रुघाखोकी देखिएपछि सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेशनमा रहनुभएका पौडेललाई सङ्क्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्रीसँगै उहाँकी पत्नी, एक जना सुरक्षाकर्मी, दुई जना चालक र एक जना कार्यालय सहयोगीमा बिहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताउनुभयो ।

मुख्यमन्त्री पौडेल, उहाँका धर्मपत्नी, चालक र सुरक्षाकर्मी सबै जना सुरक्षितसँग होम आइसोलेशनमा रहनुभएको छ । कोरोना पुष्टि भए पनि धेरै ठूलो समस्या भने नभएको सचिवालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया