आईपीएल २०२० : टस जितेको हैदराबाद राजस्थानविरुद्ध बलिङ गर्दै

 कात्तिक ६, २०७७ बिहिबार १९:४६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले रोयल राजस्थान र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको हैदराबादले बलिङ गरिरहेको छ । 

१३ औँ संस्करणको प्रतियोगिता चलिरहँदा दुवै टिमले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । राजस्थान र हैदराबाद क्रमशः छैटौँ र सातौँ स्थानमा छन् । 

१० खेल खेलेको राजस्थानले चार खेल जित्दै आठ अङ्क बटुलेको छ । एक कम खेलेको हैदराबादले तीन खेल जित्दै ६ अङ्क बनाएको छ । 

यस्तो छ हैदराबादको प्लेइङ ११ : डेभिड वार्नर, जोनी बेयर्स्ट्रो, प्रियम गर्ग, मनिष पाण्डे, विजय शङ्कर, अब्दुल समाद, जेसन होल्डर, राशिद खान, शहबाज नदीम, सन्दीप शर्मा र टी नटराजन ।

यस्तो छ राजस्थानको प्लेइङ ११ : बेन स्टोक्स, रोबिन उथापा, सन्जु सामसन, स्टेभेन स्मिथ, जोस बटलर, रियान पराग, राहुल तेबतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, अङ्कित राजपूत र कार्तिक त्यागी । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया