नागरिकले चुनेकाे सरकार नागरिककाे स्वास्थ्यप्रति सचेत छ : प्रधानमन्त्री ओली

 कात्तिक ७, २०७७ शुक्रबार १६:४१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला काेराेनाकाे निःशुल्क परीक्षण र उपचारमा सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो । शुक्रबार दिउँसाे देशवासीका नाममा सम्बाेधन गर्दै उहाँले नागरिकले चुनेको सरकार नागरिकको स्वास्थ्यप्रति सचेत रहेकाले उपचार पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

उहाँको कोरोनाविरुद्धको खोपका लागि पनि नेपालले पहल गरिरहेको दाबी गर्नुभयो । यस्तै, उहाँले चाडपर्व हाम्रो संस्कृति भएकाले यसलाई सबैको हित हुने गरी मनाउनुपर्ने बताउनुभयो । चाडपर्वका नाममा हुने विकृतिलाई भने हटाउनुपर्ने उहाँको भनाइ छ ।

आँखा चिम्लेर फजुल खर्च नगर्न आग्रह गर्दै उहाँले चाडपर्वलाई मितव्ययी बनाउनपर्नेमा जोड दिनुभयो । दशैँलाई फरक फरक स्थितिमा मनाउँदै आएकाले परिस्थितिअनुसार पर्व मनाउनुपर्ने उहाँले बताउनुभयो ।

२०७२ सालको भूकम्पमा पनि धेरैले त्रिपाल भित्रै बसेर दशैँ मनाएको उहाँको भनाइ छ । कोरोनाको डर भएकाले एकै ठाउँमा नजिकिएर भन्दा छुट्टिएर दुरी कायम गरेर पर्व मनाउनुपर्नेमा उहाँको आग्रह छ ।

दशैँकाे मुखमा अहिलेसम्मकै धेरै सङ्क्रमण देखिएकाले पनि सचेत रहन प्रधानमन्त्रीकाे सुझाव छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया