आईपीएलमा चेन्नई र मुम्बई खेल्दै

 कात्तिक ७, २०७७ शुक्रबार १९:५६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले चेन्नई सुपर किङ्ग्स र मुम्बई इण्डियन्स खेलिरहेका छन् ।  

शारजाह क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको मुम्बई बलिङ गरिरहेको छ । याे खेलमा मुम्बईका नियमित राेहित शर्मा खेलेका छैनन् ।

अङ्क तालिकाको तीन स्थानमा रहेको मुम्बई र पुछारमा रहेको चेन्नई खेलिरहेका हुन् । ९ खेल खेलेको मुम्बईले ६ खेल जित्दा १२ अङ्क बटुलेको छ । एक खेल बढी खेलेको चेन्नईले मात्र तीन खेल जित्दा ६ अङ्क बनाएको छ । 

यो खेलमा चेन्नई जित्नैपर्ने दबाबमा छ । यसअघिका शृङ्खलामा बलियो देखिएको चेन्नई यो संस्करणमा भने कमजोर देखिएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया