काेराेनाकालमा दशैँ : बजारमा खुट्टा राख्ने ठाउँ छैन

 कात्तिक ८, २०७७ शनिबार १३:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यसपालि काेभिड–१९ (काेराेना भाइरस) काे प्रकाेपका बीच दशैँ मनाइँदैछ ।

दशैँकाे टीका लगाउने दिन आउन दुई दिनमात्र बाँकी हुँदा काठमाण्डाैमा भने चहलपहल पहिलेकै जस्तै देख्न सकिन्छ । तर काेराेना सङ्क्रमणकाे जाेखिम बढ्दै जाँदा सरकारले धेरै भिडभाड नगर्न र स्वास्थ्य मापदण्डकाे पालना गर्न नागरिकलाई पटक–पटक आग्रह गर्दै आएकाे छ ।  

​अति आवश्यक नपरि घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि अपिल गर्दै आएकाे छ । तर दशैँ मनाउँदै गर्दा भने बजारमा विभिन्न सामग्री किन्नेहरुकाे भिड भने थेगि साध्य छैन ।

काठमाण्डाैकाे मुख्य बजार पनि उस्तै भिड छ । बाटामा व्यापारी र सर्वसाधारणकाे उपस्थिति बाक्लै देख्न सकिन्छ । 

 

तस्बिर : विकास गाेले

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया