हैदराबादविरुद्धकाे खेलमा पञ्जाब ब्याटिङ गर्दै

 कात्तिक ८, २०७७ शनिबार २०:७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमयिर लिग (आईपीएल) क्रिकेटमा अहिले किङ्ग्स एलाभेन पन्जाब र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको हैदराबादले बलिङ गरिरहेको छ । 

प्रतियोगितामा दुवै टिमले समान दश–दश खेल खेलेका छन् । दुवै टिमको आठ–आठ अङ्क भए पनि नेट रनरेटको आधारमा हैदराबाद पाँचौँ र पञ्जाब छैटौँ स्थानमा छ । 
प्लेअफमा खेल्ने सम्भावना कायमै राख्न दुबै टिम दबाबमा छन् । 

यस्तो छ पञ्जाबको प्लेइङ ११ : केएल राहुल, क्रिस गेल, मन्दीप सिंह, निकोलस पूरन, ग्लेन म्याक्सवेल, दीपक हूडा, मुरुगन अश्विन, क्रिस जोर्डन, मोहम्मद शामी, रवि बिश्नोई र अर्शदीप सिंह 

यस्तो छ हैदराबादको प्लेइङ ११ : डेभिड वार्नर, जोनी बेयर्स्टो, मनिष पाण्डे, विजय शङ्कर, प्रियम गर्ग, अब्दुल समाद, जेसन होल्डर, राशिद खान, खलील अहमद, सन्दीप शर्मा र टी नटराजन 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया