कारले माेटरसाइकललाई ठक्कर दिँदा ललितपुरमा एक जनाकाे ज्यान गयाे, एक जना घाइते

 कात्तिक ९, २०७७ आइतबार ७:०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ललितपुर – ललितपुरको नख्खुमा आइतबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सिरहा घर भइ ललितपुरको थकसीखेलका २८ वर्षीय इलु घलेको ज्यान गएको प्रहरीले जनाएको छ । 

यस्तै मोटरसाइकलका पछाडि बस्ने मकवानपुर हात्तीसुढे घर भइ ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय  सजित परियारको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया