अफगानिस्तानकाे राजधानीमा आत्मघाती बम विस्फाेट, १८ काे ज्यान गयाे

 कात्तिक ९, २०७७ आइतबार ७:४४:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानकाे राजधानी काबुलमा रहेकाे एक शिक्षा केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ । 

यो आक्रमण एक निजी संस्थाको बाहिर भएको हो, जसले उच्च शिक्षाको कैयौँ कोर्स गराउँदै आएको थियो । 

सिया मुसलमान धेरै भएका क्षेत्र दश्त–ए–बार्चीको यस भवनमा सैयौँको सङ्ख्यामा मानिसहरु हुने गर्दछन् । 

आक्रमणमा घाइते भएका कैयौँलाई अस्पताल लगिँदैछ भने ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । 

इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा एक पोस्टमा आक्रमणको जिम्मा लिएको सन्देश दिए पनि कुनै प्रमाण पेस गरेको छैन । यसअघि तालिबानले आफू घटनामा सामेल नभएको बताएको थियो ।  

आक्रमणपछि गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले एक विज्ञप्ति निकाल्दै भन्नुभएकाे छ, 'एक आत्मघाती आक्रमणकारीले शिक्षा केन्द्रकाे भवनभित्र पस्ने काेसिस गरे । सुरक्षाकर्मीहरुले उनकाे पहिचान गरेपछि उनले ढाेकामा नै विस्फाेट गराए ।' 

एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई ज्यान गुमाउनेमा धेरै विद्यार्थी भएकाे जानकारी दिनुभयाे । आक्रमणकाे समयमा अधिकांश विद्यार्थी भवनभित्र पस्नका लागि ढाेकाबाहिर उभिएका थिए । उहाँले भन्नुभयाे, 'शक्तिशाली विस्फाेट हुँदा म त्यहाँबाट झण्डै एक सय मिटरकाे दुरीमा थिएँ ।'

पछिल्ला केही हप्तायता अफगानिस्तानमा हिंसा बढिरहेकाे छ । धेरैजसाे आक्रमण तालिबानले गर्दै आएका छन् ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया