पुरातत्व विभागका पूर्वप्रमुख तथा लुम्बिनी विश्वविद्यालयका प्रथम रजिस्ट्रार श्रेष्ठकाे निधन

 कात्तिक ९, २०७७ आइतबार ८:२१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पुरातत्व विभागका पूर्वप्रमुख साथै लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रथम रजिस्ट्रार, प्रसिद्ध इतिहास र संस्कृतिका अन्वेषक लेखक डाक्टर खड्गमान श्रेष्ठको निधन भएको छ । 

केही वर्षदेखि बिरामी रहनुभएका उहाँको शनिबार काठमाण्डौको नर्भिक अस्पतालमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।  उहाँले काठमाण्डौको पचली भैरव क्षेत्र विकास समितिका प्रथम अध्यक्ष भएर पनि कार्यावधि पूरा गर्नुभएको थियो । 

नेपालमा बुद्ध धर्म विषयमा विद्यावारिधि गर्नुभएका श्रेष्ठले स्वयम्भू महाचैत्यबारे पनि अनुसन्धानात्मक पुस्तक लेख्नुभएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया