नेकपा नेता एवं पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना सङ्क्रमण

 कात्तिक ९, २०७७ आइतबार ९:१०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । 

कोरोनाको शङ्का लागेर स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिनुभएको छ । 

शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया