'रअ' प्रमुखसँग प्रधानमन्त्रीले भेट्नु राष्ट्रिय हित कमजाेर पार्ने काम : नारायणकाजी श्रेष्ठ

 कात्तिक ९, २०७७ आइतबार ९:३३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भेट कुटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनुभएको छ । 

पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले आचारसंहिता विपरीत विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट किन ? भनेर सामाजिक सञ्जालमार्फत् प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति विना नै ‘रअ’ प्रमुखलाई भेटेको र यसबारेमा पार्टीलाई पूर्व जानकारी नरहेको प्रवक्ता श्रेष्ठले बताउनुभएको छ ।

नेता श्रेष्ठले आफ्नो निजी विचार भन्दै नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा यसप्रकारको घटना पहिलो भएको समेत उल्लेख गर्नुभएको छ । उहाँले यसप्रकारका कामले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र नभइ राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुने बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया