नेपाली कांग्रेसले यो दशैँमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने

 कात्तिक ९, २०७७ आइतबार १३:४५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले यो दशैँमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिमका कारण यो वर्षको दशैंमा कार्यक्रम नगर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रलदान गर्दै आएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया