'प्रधानमन्त्री ओलीले 'रअ' प्रमुखसँग भेटेर आफ्नाे पदकाे अपमान गर्नुभयाे'

 कात्तिक ९, २०७७ आइतबार १४:२५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको खुफिया एजेन्सीको प्रमुखसँग भेट गरेर प्रधानमन्त्री पदकै अपमान गरेको बताउनुभएको छ ।

संयोजक मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई प्रश्न सोध्नुभएको छ । उहाँले भारतीय खुफिया एजेन्सी 'रिसर्च एन्ड एनलाइसिस विङ' अर्थात् ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणलाई सरकारले ढाकछोप गरिरहेको आरोप पनि लगाउनुभएको छ ।

उहाँले अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई हेपेको हो कि होइन ? भनेर पनि प्रश्न गर्नुभएको छ ।

रअ प्रमुख गोयल गत बुधबार काठमाण्डाै आउनुभएको थियो । उहाँले बुधबार राति प्रधानमन्त्री ओलीसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया