राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

 कात्तिक ९, २०७७ आइतबार १७:२६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको असोज ३० गते काठमाण्डौ चाबहिलको ओम अस्पताल भर्ना भएका थापा आज डिस्चार्ज हुनुभएको हो ।

स्वास्थ्यमा समस्या आएपछि ३० गते परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । १० दिनको अस्पताल बसाई पछि डिस्चार्ज हुनुभएका थापालाई बुढानिलकण्ठ पासिकोटमा रहेको आफ्नै निवासमा लगिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया