भक्तपुरमा आफ्नै साथीको हत्या आरोपमा दुई जना पक्राउ

 कात्तिक ९, २०७७ आइतबार १८:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुरमा एक भारतीय नागरिकको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।

भारत उत्तर प्रदेशको जयन्तीपुर घर भइ भक्तपुर नगरपालिका १ इटापामा बस्दै आएका शाहिव हुसैनको हत्या आरोपमा हुसैनकै साथीहरु सानु अन्सारी र सलमान खान पक्राउ परेका जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

हुसैनको शव बिहान इटापाको प्लानिङ नजिक खोल्सामा भेटिएको थियो । उनीहरु तीनै जना गएराति सँगै बसेर जाँडरक्सी खाएको र कोठामा फर्कने क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया