चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर : प्रचण्ड

 कात्तिक ९, २०७७ आइतबार २०:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले प्रेस विज्ञप्ती निकालेर दोषी जो भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको हो । गएको बिहिबार नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण समारोहमा नेकपाकै दुई समूहबीच झडप हुँदा मुकेशको ज्यान गएको थियो ।

हत्याको घटनामा प्रहरीले जाहेरी लिन नमानेको भन्दै अध्यक्ष प्रचण्डले कारबाही गर्न माग गर्नुभएको हो । उहाँले विज्ञप्तीमा हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया