काठमाण्डाैकाे टोखामा कारको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गयो

 कात्तिक १०, २०७७ सोमबार ७:५२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौको टोखामा कारको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गएको छ ।

हिजो दिउँसो टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा १८ महिनाकी पवित्रा बयलकोटीको ज्यान गएको प्रहरीले जनाएको छ ।

कारले ठक्कर दिएपछि घाइते भएकी बालिकाको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा ज्यान गएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया