राष्ट्रपति भण्डारीकाे दशैँ : गुरु र आमाबाट टीका ग्रहण

 कात्तिक १०, २०७७ सोमबार ११:५७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना गुरु र आमाबाट दशैंकाे टीका लगाउनुभएकाे छ ।

गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको साइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा दशैँको टीका र जमराका ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया