बेल्जियममा लक्षण नभएका कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध

 कात्तिक ११, २०७७ मंगलबार ६:५०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

बेल्जियममा कोरोना भाइरसको सङ्क्रमण भए पनि लक्षण नभएका स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध गरिएको छ ।

झण्डै एक चौथाई स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमण भैसकेकाले लक्षण नदेखिएकाहरुलाई निरन्तर काम गर्न बेल्जियमका १० अस्पतालले अनुरोध गरेका बीबीसीले जनाएको छ । तर कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीले उपचार गर्दा सर्वसाधारणलाई पनि सर्ने जोखिम भने बढेको छ ।

बेल्जियमको पूर्वी शहरमा अहिले ३ मध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । अस्पतालहरुले बिरामी अन्तै पठाउनेदेखि पछि गर्दा हुने शल्यक्रिया सार्न थालेका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया