बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना सङ्क्रमण

 कात्तिक ११, २०७७ मंगलबार १९:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ ।

नेपालगञ्जमा रहेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवास मै आइसोलेशन बस्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफुमा सङ्क्रमण पुष्टि भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई पनि सङ्क्रमण देखिएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया