आजदेखि स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन नियमित हुने

 कात्तिक १२, २०७७ बुधबार ७:५६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि फेरि सुरु हुने भएको छ । 

मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो । दशैँ पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

मन्त्रालयले दशैँ बिदाका बेलामा कोभिड-१९ का बारेमा आवश्यक सूचना सामाजिक सञ्जालबाट जानकारी गराएको थियो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालबाट गरी निरन्तर दुई सय ६० दिनदेखि कोभिड-१९ का बारेमा जानकारी गराउँदै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया