हुम्लाको ताँजाकोट गाउँपालिकाका नाका बन्द

 कात्तिक १२, २०७७ बुधबार ८:२६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला - हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्नाे गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । 

गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना सङ्क्रमण जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिनुभयो । 

पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच दिनका लागि बन्द गरेको हो। 

हुम्लामा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

अन्तिम अपडेट: कात्तिक १५, २०७७

तपाईको प्रतिक्रिया