फ्रान्सेली सामान बहिष्कारको माग गर्दै बङ्गलादेशमा दशौँ हजारको प्रदर्शन

 कात्तिक १२, २०७७ बुधबार १४:३५:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशको राजधानी ढाकामा फ्रान्सको सामान बहिष्कारको माग गर्दै दशौँ हजार मानिसले विरोध प्रदर्शन गरेका छन् । इस्लामिक अतिवादविरुद्ध फ्रान्सले लिएको कडा नीतिको विरोधमा बङ्गलादेशमा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको पुतला जलाएकाे बीबीसीले जनाएको छ ।

म्याक्रोले फ्रान्सेली पत्रिका 'शार्ली एब्दाे' मा पैगम्बर मोहम्मदमाथि छापिएको कार्टुनको समर्थन गरेपछि इस्लामिक राष्ट्रमा फ्रान्सविरुद्ध विरोध प्रदर्शन भइरहेको खबरमा उल्लेख गरिएको छ ।

प्रहरीकाे अनुमानअनुसार फ्रान्सविरुद्धकाे विराेधमा झण्डै ४० हजार मानिसहरु सहभागी थिए । याे कार्यक्रमकाे आयाेजना इस्लामी आन्दाेलन बङ्ग्लादेशले गरेकाे हाे । याे बङ्ग्लादेशकाे ठूलाे इस्लामिक पार्टीमध्ये एक हाे । 

प्रदर्शनकारीहरुले फ्रान्सेली सामान बहिष्कारकाे नारा लगाइरहेका थिए र राष्ट्रपति म्याक्राेँलाई सजाय दिन माग गरिरहेका थिए । 

गएकाे सोमबार टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेआनले पनि फ्रान्सका सामान बहिष्कार गर्न आफ्ना नागरिकलाई आह्वान गर्नुभएको थियो । त्यसपछि युरोपेली देशका सरकारले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको समर्थन गर्दै टर्कीका राष्ट्रपति अर्दाेआनको आलोचना गरेका थिए । 

यस महिनाकाे सुरुवातमा पैगम्बर माेहम्मदलाई लिएर छापिएकाे एक कार्टुनकाे विषयमा फ्रान्समा एक शिक्षककाे शरीरबाट शिर अलग गरेर हत्या गरिएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया