अस्ट्रेलियाकाे दाेस्राे ठूलाे सहर मेलबर्नमा झण्डै ४ महिनापछि लकडाउन अन्त्य

 कात्तिक १२, २०७७ बुधबार १५:४७:९ | रासस
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउन एक सय ११ दिनपछि बुधबार अन्त्य गरिएको छ । यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन् ।

लकडाउन खुला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ । 'कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन जस्तो गाह्रो भएको थियो', स्थानीय एक बासिन्दाले भन्नुभयो ।

भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु खुला भएका छन् । उनीहरुले कारोबार गर्न थालेका छन् भने कामदारहरुले काम गर्न पाएका छन् ।

लकडाउन खुला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ ।

सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया