कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिकाे नेपालकाे हकबारे वकालत गर्दै आउनुभएका ठगुन्नाकाे निधन

 कात्तिक १२, २०७७ बुधबार २०:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दार्चुला जिल्लाका तत्कालीन नेकपा एमालेका संस्थापक पार्टी प्रमुख तथा नेकपा अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्नाको निधन भएको छ । 

महाकाली नदीको मुहानदेखि यताको भूभाग नेपालको हो भन्दै लामो समयदेखि वकालत गर्दै आउनुभएका ठगुन्नाको बुधबार निधन भएको हो । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । 

उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको हक खोजी गर्ने, तथ्य विवरणको स्थलगत रुपमा अध्ययन अनुसन्धान गरी नेतृत्वसमक्ष रिपोर्टिङ गर्दै आउनुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया