फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा : कम्तीमा एक महिना लागू हुने

 कात्तिक १३, २०७७ बिहिबार ६:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा गरिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोले कम्तीमा नोभेम्बर महिनाभरि राष्ट्रव्यापी लकडाउन गर्ने घोषणा गर्नुभएको हो । उहाँले राष्ट्रको नाममा सम्बोधन गर्दै भोलिदेखि सुरु हुने लकडाउनको नयाँ प्रतिबन्धको बारेमा जानकारी दिनुभयो । नयाँ प्रतिबन्ध अनुसार अब अति-आवश्यक कामको लागि वा स्वास्थ्यमा समस्या आए मात्रै घरबाट निस्कन पाउने अनुमति छ ।

रेष्टुरेन्ट र बारलगायत अति-आवश्यक नभएका व्यवसाय बन्द हुने तर विद्यालय र कलकारखाना भने खुला रहनेछन् । आउँदो डिसेम्बर १ तारिखसम्म प्रतिबन्ध लागू हुने र दुई हप्तापछि यसको मुल्याङ्कन गरिने राष्ट्रपति म्याक्रोले बताउनुभयो ।

फ्रान्समा गएको २४ घण्टामा ३६ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै फ्रान्समा सङ्क्रमितको संख्या १२ लाख ३५ हजार नाघेको छ । यस्तै ३५ हजार ७ सय ८५ जनाको भने ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया