गुजरातका पूर्व मुख्यमन्त्री केशुभाई पटेलकाे निधन

 कात्तिक १३, २०७७ बिहिबार १४:२४:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन भएको छ । ९२ वर्षको उमेरमा उहाँको बिहीबार निधन भएको हो । अहमदाबादमा रहेको एक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको बीबीसी हिन्दीले जनाएको छ ।  

केशुभाई गुजरातमा दुई पटक मुख्यमन्त्री बन्नुभएको थियो । सन् १९९५ मा मुख्यमन्त्री बन्नुभएका उहाँले पार्टीमा विवाद भएपछि सात महिनामा नै राजीनामा दिनुभएको थियो । त्यसपछि उहाँ सन् १९९८ मा फेरि मुख्यमन्त्री बन्नुभएकोे थियो । 

सन् २००१ मा पार्टीको असन्तोष र आफ्नो स्वास्थ्यमा आएको खराबीका कारण उहाँले राजीनामा दिनुभएको थियो । त्यसपछि भारतका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री बन्नुभएको थियो । गुजरातका पूर्व मुख्यमन्त्री केशुभाई पटेलले सन् २०१४ मा राजनीतिबाट सन्न्यासको घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पटेललाई श्रद्धाञ्जली दिँदै शोक व्यक्त गर्नुभएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि पटेलकाे निधनप्रति समवेदना जनाउनुभएकाे छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया