काठमाण्डाै उपत्यकामा थप १ हजार ६१५ जनामा सङ्क्रमण

 कात्तिक १३, २०७७ बिहिबार १६:५५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार ६ सय १५ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा एक हजार तीन सय ३८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा एक सय ८० जना सङ्क्रमित थपिएका छन् । 

त्यस्तै गएको २४ घण्टामा देशभर दुई हजार तीन सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया