हुम्लाको चेला सामुदायिक वनमा आगलागी : जडिबुटीका बिरुवा जलेर नष्ट

 कात्तिक १४, २०७७ शुक्रबार ८:३२:४७ | रासस
unn.prixa.net

हुम्ला - हुम्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा आगलागी भएको छ । 

चेला वनबाट सुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको स्थानीयबासीन्दाले बताएका छन् । हिजो दिउँसोदेखि लागेको आगाे प्रहरी र स्थानीयबासिन्दाले बेलुका नियन्त्रणमा लिएका थिए । 

२०५२ सालदेखि संरक्षण गरेर राखेको सामुदायिक वनमा आगो लागेपछि लाखौँका सल्लो, धुपी, उत्तिसलगायत जडिबुटीका बिरुवा जलेर नष्ट भएका सिमकोट–४ का वडाध्यक्ष छविचन्द्र लामाले बताउनुभयो । 

विभिन्न जातका वनस्पतिसँगै वनमा रहेका केही चराचुरुङ्गी, जङ्गली जनावरसमेत जलेर मरेका वडाध्यक्ष लामाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया