आज पनि देशका धेरै ठाउँमा पानी पर्ने
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ - आकाश खुलेपछि काठमाण्डौबाट हिमालको मनमोहक दृश्य देखिन थालेको छ ।
बुधबारसम्म बादल लागेको काठमाण्डौको आकाश बिहीबारदेखि खुलेको हो । बिहीबार दिनभर आकाशमा एक टुक्रा पनि बादल देखिएन । शुक्रबार पनि बिहानैदेखि आकाश सफा छ ।
आकाश सफा भएपछि काठमाण्डौबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाहरु मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल आदि हिमालहरु देखिन थालेको हो ।
फाेटाे स्राेत : रासस