पैगम्बर मोहम्दको जन्मदिनको अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा

 कात्तिक १४, २०७७ शुक्रबार १०:३१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिन परेको छ ।

यही अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना दिँदै आज सार्वजनिक बिदा दिएको जानकारी दिनुभएको हो ।

‘प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।​

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया