व्यङ्ग्यकार पाँडे र हास्य कलाकार पौडेललाई भैरव पुरस्कार

 कात्तिक २०, २०७७ बिहिबार ८:२२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली हास्य-व्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६-७७ का लागि क्रमशः रामकुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ । 

पाँडे चर्चित व्यङ्ग्यकार हुनुहुन्छ भने पौडेल हास्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश - एक लाख र पचास हजार रुपैयाँ रहेको छ । 

वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्राध्यापक डाक्टर खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहनु भएको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

अहिले कोभिड-१९ को सङ्क्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो । २०४६ साल देखि प्रत्येक २-२ वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आउँदाे वर्षबाट वर्षेनि वितरण गरिने पनि रिजालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया