अस्पतालबाट मनोज गजुरेलको फेसबुक स्टाटस : आराम छु, हिजोभन्दा धेरै राम्रो छ

 कात्तिक २२, २०७७ शनिबार ६:२७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरस सङ्क्रमित भएपछि अस्पताल भर्ना भएका कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । 

शुक्रबार राति अस्पतालबाटै फेसबुकमा स्टाटस लेखेर उहाँले आफूलाई निकै सुधार भएको बताउनुभएको हो ।

‘आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद’ गजुरेलले फेसबुकमा लेख्नुभएको छ ।

कोरोना सङ्क्रमणपछि होम आइसोलेशनमा बसेका गजुरेलको स्वास्थ्यमा कठिनाइ आएपछि बुधबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको थियो । उहाँलाई अक्सिजनको कमी भएको र फोक्सोमा सङ्क्रमण देखिएको डाक्टरहरुले बताएका छन् । 

कलाकार गजुरेलले गएको १० गते आफू कोरोना सङ्क्रमित भएको फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो। उहाँले घरमै आइसोलेशनमा बसेर घरेलु उपचार गरिरहेको पनि जानकारी गराउनुभएको थियो ।

चार दिनअघि पनि उहाँले फेसबुक स्टाटस लेखेर अझै पूर्ण सुधार नभइसकेको र शरीरले फरक-फरक क्रिया – प्रतिक्रिया देखाइरहेको उल्लेख गर्नुभएको थियो ।

 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया