स्कुटर सिक्ने क्रममा घाइते हुनुभएका सह–प्राध्यापक पौडेलको ज्यान गयो

 कात्तिक २३, २०७७ आइतबार १३:३३:५६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – स्कुटर सिक्ने क्रममा ठोक्किएर घाइते हुनुभएका बुटवल बहुमुखी क्याम्पस रुपन्देहीका सह–प्राध्यापक डाक्टर शिवप्रसाद पौडेलको उपचारका क्रममा ज्यान गएको छ ।

घरकै कम्पाउण्डमा ठोक्किएर घाइते उहाँको क्रिमसन अस्पताल मणिग्राममा ज्यान गएको हो । तिलोत्तमा १ का स्थायी बासिन्दा ५४ वर्षका डाक्टर पौडेलले एक महिना अघि मात्रै बुटवल बहुमुखी क्याम्पसमा सहायक प्रमुखको जिम्मेवारी पाउनु भएको थियो ।

अन्तिम अपडेट: चैत २६, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया