एसपीकाे खास मान्छे भन्दै रकम असुल्ने एक जना पक्राउ

 कात्तिक २९, २०७७ शनिबार १९:५७:१५ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुनसरी – सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाको खास मान्छे भन्दै अवैध रूपमा रकम असुली गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विकास भनिने विक्रम गुप्ता रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्रकुमार कार्कीले बताउनुभयो । प्रहरी उपरीक्षक कमल थापाको मुख्य मान्छे रहेको र ठूला मुद्दा मात्रै हेर्ने भन्दै अवैध रकम असुली गरेको अभियोगमा गुप्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

गुप्ताले सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा रहेका व्यवसायीबाट रकम असुलेको अनुसन्धानका क्रममा खुलेको डीएसपी कार्कीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया