मनाेज गजुरेलकाे काेराेना रिपाेर्ट नेगेटिभ

 कात्तिक ३०, २०७७ आइतबार ८:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसबाट सङ्क्रमित भएका कलाकार मनोज गजुरेल डिस्चार्ज भएर घर फर्किएका छन् । 

११ दिनको अस्पताल बसाइपछि आफू अहिले घर फर्किएर आराम गरिरहेको गजुरेलले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । 

उनले ट्वीटमा लेखेका छन्, ‘कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्, अहिले घर फर्किएर आराम गरिरहेको छु । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किनेछु ।’

साथै उनले आफ्ना प्रशंसक तथा शुभेच्छुकप्रति हार्दिक आधार तथा धन्यवाद व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया